Logo

कोरोनाको अवस्थामा केही सुधार आएको किर्गिजस्थानको भनाई



३१ बैशाख। किर्गिजस्थानमा ‘कोभिड १९’ को अवस्थामा केही सुधार आएको त्यहाँका उप स्वास्थ्य मन्त्री नुर्बोलोतले बताउनु भएको छ । बुधबार देशमा कोभिड १९ का सात वटा मात्र नयाँ सङ्क्रमण भेटिएका उहाँले बताउनु भएको छ । सङ्क्रमितको सङ्ख्यामा कमि ल्याउन धेरै समयदेखि प्रतिक्षा गरेको र तर हाल अवस्थामा केही सुधार आएको उहाँ जानकारी दिनु भएको हो

गत २४ घण्टामा कोही पनि स्वास्थ्य कर्मीलाई कोरोना भाइरसको सङ्क्रमण नभएको पनि स्वास्थ्य मन्त्री बताउनु भएको छ । किर्गिजस्थानमा २४१ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यसमा १८९ जना भने निको भएका जनाइएको छ ।

हाल देशभरीका अस्पतालहरुमा ३०६ जना कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरु उपचार गराई रहेका र ती मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र चार जना आकस्मिक कक्षमा उपचाररत रहेका जनाइएको छ ।

किर्गिजस्थानमा ७२६ व्यक्तिलाई कोरोना भाइरस निको भएको जनाइएको छ । किर्गिजस्थान १ हजार ४४ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्