Logo

विश्वभर बुधबार ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिए



जेनेभा, बैशाख ३१ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ९२ हजार नाधेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङक अनुसार बुधबारसम्म संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ।

आजमात्रै विश्वभर ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिएका छन भने पाँच हजार तीन सय २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।संक्रमित मध्ये २३ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्