Logo

६ वर्षीया बालिकामा कोरोना देखिएपछि त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बैठक जारी



काठमाडौं, जेठ १ । कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको छ।

विहिबार भेटिएका संक्रमित मध्ये ति बालिकासमेत भएको पुष्टि भएपछि अहिले अस्पतालमा आकस्मिक बैठक बसिरहेको छ । उक्त बालिकामा कोराना देखिएपछि अस्पतलालाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे बैठक बसिरहेको अस्पतालका उच्च स्रोतको भनाई रहेको छ ।

न्यूरो वार्डमा उपचाररत ति बालिकामा कोरोना पुष्टि भएपछि उक्त वार्ड सिल गर्ने तयारीको बारेमा समेत छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । (विस्तारित विवरण आउन बाँकि)



प्रतिक्रिया दिनुहोस्