Logo

देशको नक्सा सार्वजनिक गर्न संविधान बाधक भन्ने परराष्ट्रमन्त्रीको भनाई सर्वथा गलत : संविधानविद् आचार्य



काठमाडौं, १ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको पछिल्लो अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् । मन्त्री ज्ञवालीले देशको नक्सा सार्वजनिक गर्न संविधान वाधक रहेको भनेर दिएको अभिव्यक्तिप्रति सर्वथा गलत भएको आचार्यले दाबी गरेका छन् ।

आचार्यले देशका लागि नै संविधान लेखिने हुँदा देशको अखण्डता र सार्वभौमिकता रक्षार्थ गरिने कुनैपनि काममा संविधान वाधक हुने भन्ने कुरै नहुने पनि स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आचार्यले ज्ञवालीको भनाईलाई गलत औंल्याएका छन् । उनले लेखेका छन्-“देशको नक्सा सार्वजनिक गर्न संविधान वाधक रहेको भन्ने परराष्ट्रमन्त्रीको भनाई सुनियो। जुन कुरा सर्वथा गलत हो। देशका लागि नै संविधान लेखिने हुँदा देशको अखण्डता र सार्वभौमिकता रक्षार्थ गरिने कुनैपनि काममा संविधान वाधक हुने भन्ने कुरै रहँदैन् ।”



प्रतिक्रिया दिनुहोस्