Logo

कोरोना भाइरस किन कहिल्यै उन्मूलन हुँदैन ?



एजेन्सी, २ जेठ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कहिले उन्मुलन नहुने भनेपछि सँसारको कान ठाडा भएका छन् । भाइरस आइसकेकाले यसको औषधी र भ्याक्सिन बनेपनि उन्मुलन नहुने भनाई आएपछि अब यसबारे डब्लुएचओले कस्तो नीति लिन्छ भन्ने अनुमान हुनथालेको छ ।

विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा. माइक रेनले बुधबार नियमित ब्रिफिङका क्रममा भ्याक्सिन पत्ता लागेपछि पनि यसलाई नियन्त्रण गर्न ठुलो शक्ति लगाउनुपर्ने बताएका थिए । उनले बुधबार यसो भनेपछि विश्वभरबाट विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

यो भाइरस हाम्रो समुदायमा अर्को महामारी बनेको छ र यो भाइरस कहिल्यै उन्मुलन नहुनसक्छ, डा. रेनले बुधबार जेनेभामा आयोजित नियपित प्रेस ब्रिफिङमा भने । उनले एचआइभी नष्ट नभएको समेत स्मरण गराए ।

सँसारमा विफर उन्मुलन भएको छ । तर, अरु कुनै भाइरस उन्मुलन गर्न सकिएको छैन । पोलियोको भ्याक्सिन बनाएर उन्मुलनको अभियान चलाइएको छ । तर, पूर्णत सफलता पाइएको छैन । मलेरिया उन्मुलन हुन सकेन । एचआइभी एड्सको भ्याक्सिन अझै पत्ता लागेको छैन ।
कोरोना भाइरस उन्मुलन नहुने मात्र नभई यसको भ्याक्सिन बनाउन समेत समय लाग्ने देखिएको छ । यसले सँसारभर त्रास बढाएको छ ।

यसैगरी, चीनले डब्लुएचओले कोरोना भाइरस उन्मुलन नहुने भनेपछि त्यो यथार्थलाई मनन गर्न भनेको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले यस्तो भनाई बाहिर ल्याएको हो ।

सँसारभर एक सयवटा भ्याक्सिन विकासको प्रयास भइरहेको छ । तर, कामभन्दा बढी प्रचार भइरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्