Logo

युवालाई स्वदेशमै रोजगारी : प्रम



काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र रोजगारीको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

३१औँ युवा दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौँ, यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजानेछ भनेको छ ।

राष्ट्रको यस सङ्कल्पमा युवाको रचनात्मक सहभागिता हुने विश्वास व्यक्त गदै उनले अहिलेको विषम परिस्थितिको सामना गर्न र समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्ने कार्यमा सक्रिय आम युवा विद्यार्थीमा आह्वानसमेत गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्