Logo

को हुन् थपिएका कोरोना भाइरसका ९ संक्रमित (सुचीसहित)



काठमाडौं, २ जेठ । देशमा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम चलिरहेको छ । आज विहानै ९ जना संक्रमित थपिएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित संख्या २५८ पुगेको छ । थपिएका संक्रमितमध्ये एकजना मकवानपुरका हुन्, बाँकी ८ जना बाँकेका हुन् ।

संक्रमितहरु सबै पुरुष छन् । यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमित २०९ पुरुष र ४९ महिला छन् ।

संक्रमितहरु
१. मकवानपुरका ३७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
२. बाँके नैनापुरका १८ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
३. बाँके नैनापुरका २० वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
४. बाँके नैनापुरका २२ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
५. बाँके नैनापुरका २५ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
६. बाँके नैनापुरका २५ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
७. बाँके नैनापुरका २७ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
८. बाँके नैनापुरका ३२ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको
९.बाँके नैनापुरका ३६ वर्षीय पुरुष, २ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्