काठमाडौं, जेठ २ । उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएपछि १५ दिन सरकारी कार्यालय बन्द हुुने भएका छन ।
विहिबाबर गृह मन्त्रालयमा बसेको बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। गृहको उक्त निणर्यमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालका प्रमुखले सहमति समेत जनाई सकेका छन् । बैठकले आम नागरिकको आवत–जावत रोक्न वितरण भएका सवारी पासलाई समेत रद्द गरेको छ ।
त्यस्तै, बैठकले अत्यावश्यक बाहेकका पसलहरुसमे बन्द गर्ने निर्णय गरेको छ। बैठकले उपत्यका भित्रिने नाकामा समेत सेना परिचालन गर्न सिफारिस गरेको छ ।