Logo

संक्रमित व्यक्ति भागेमा सुरक्षा निकायलाई गोली हान्ने अधिकार



पर्सा २ जेठ : जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत चलाउन सक्ने अधिकार दिएको छ । बिहीबार बसेको पर्सा जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबार नारायणी अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेपनि उक्त निर्णय गरिएको सीसीएमसी पर्साले जनाएको छ । उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रण समेत गरिसकेका छन् ।

अव संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने समेत निर्णय गरेको छ । संक्रमित भागेपछि कोरोना भाइरस फैलिने भएपछि भाग्न खोज्ने व्यक्तीलाई नियन्त्रणमा लिन आवश्यकता अनसारको बल प्रयोग गर्ने र त्यसका लागी सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार दिने निर्णय भएको हो ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्