Logo

नेपाली भूमि भाडामा दिउँ न त भनेर प्रधानमन्त्रीको समर्पणवाद आईसक्यो : विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य, सांसद तथा पूर्वमन्त्री मिन विश्वकर्माले भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे ‘भित्रदेखि प्रधानमन्त्रीको आशय के देखिराखिएको छ भने होईन भाडामा दिउँ न त भनेर समर्पणवाद आईस्क्यो’ भन्ने टिप्पणी गरेका छन् । बहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले भने-“लत्र्याकलुत्रुक भईस्क्यो । भनेको मासिक पैसा लिउँ, छोड्दिउँ भनेको हो नि त । त्यस्तो खालको तर्क गर्न मिल्छ ? एकदमै राष्ट्रघाती तर्क मन्त्रीको, प्रधानमन्त्रीको आईराखेको छ । र, राष्ट्रहितविपरित, नेपालको राष्ट्रिय अखण्डताको विरोधी, जनभावनाविरोधी तर्क आईरहेको छ । त्यसकरण निश्कर्षमा भन्ने हो भने प्रधानमन्त्री र मन्त्रीहरुको कुनै नैतिक आधार छैन कि सरकारमा बस्न । बाटोमा भेट्दाखेरि प्रधानमन्त्रीजी, मन्त्रीजी नमस्कार गर्ने अवस्था जनताको मनमा चाहीँ छैन् ।”

वर्तमान सरकारले कोरोना भाइरसलाई सार्सजस्तो, ईबोला भाइरसजस्तो, अन्य महामारीजस्तो वा सरुवा रोगजस्तो सम्झेको आरोप लगाएका छन् । उनले अघि भने-“सुरुमै हाम्रा मन्त्रीले के भने नेपालमा कोरोना आउँदैन् । हामी कोरोना फ्री देश भनेर भन्नसमेत पछि पर्नुभएन् । यसमा के बुझिन्छ भने कोरोनालाई बुझ्ने र कोरोनाको बारेमा जान्ने सरकार चासो नै भएन् । यो त चाईनिज रोग हो, यो नेपालमा आउँदैन भनेजस्तो बुझ्नुभयो । पछि युरोप र अमेरिका प्रभावित भैसकेपछि उहाँहरुले के भन्नुभयो भने नेपालीहरुको खानपान, रहनसहनका कारण यो रोग नेपाल आउँदैन । त्यसैले नेपाल कोरोना फ्री कन्टी भन्नुभयो । हामीले बारबार के भन्यौं भने यो महामारी संसारभरि फैलिन्छ र यसको रोगको कारण र निदानपनि पत्ता नलागेको हुनाले सरकार होशियार रहनुपर्छ भन्यौं । तर सरकारले होईन, यो त प्रतिपक्षी भएर उठाएको कुरा हो । आउँदै आउँदैन नै भन्यो । पहिलो कुरा सरकारले बुझेन् । दोस्रो जाँच गर्न ढिलाई गर्यो । जाँच गर्नुपर्छ भन्ने थाहा पाएपछि सामानको अभाव देखायो । सामान किन्नुपर्छ भन्ने कुरामा लाभा हानीको विषयमा उ अलमलियो । जब सामान लियो, आफन्तबाट किनेको सामान नक्कली पर्यो । डक्टरहरुले लिन मान्नुभएन ।”



प्रतिक्रिया दिनुहोस्