Logo

कोरोना भाइरसको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयलाई उपलब्धि



एजेन्सी २ जेठ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कारोनाविरुद्वको खोपको विकास गरिररहेको छ । खोप विकास लामो समयदेखि चलिरहेकोे छ । विश्वविद्यालयले खोपको विकासमा सकारात्मक असर देखा परेका दाबी समेत गरेको छ ।

खोपको क्लिनिकल ट्रायल छ वटा बाँदरमा गरिसकेको जनाइएको छ । तत्काल उक्त खोपको परिक्षण कोरोना संक्रमित व्यक्तिमाथि प्रयोग भइरहेको जनाइएको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती कम्पनी ए.जेड.एनको संयुक्त साझेदारीमा खोपको विकास गरिएको हो । बाँदरमा परिक्षण गर्दा उक्त भाइरसले १४ दिनमै शरीरमा एन्टीबडी निर्माण गरी भाइरसको फैलाव र छातीमा पार्ने असरलाइ २८ दिनमा रोकेको विज्ञहरुले जनाएका छन् ।

बाँदरमा गरिएको परिक्षणबाट साकारात्मक निष्कर्ष देखा परेको विज्ञहरुले जनाएका छन् । बाँदरमा गरिएको परिक्षणमा साकारात्मक असरले मानिसमा समेत यसले साकारात्मक प्रभाव पार्छ भन्ने विषय अझै अन्योल रहेको छ । विज्ञहरुका अनुसार नयाँ कोरोना भाइरसको खोप निर्माण चुनौतीपूर्ण र उत्साहजनक रहेको छ ।

निर्माण गरिएको खोप करिब एक हजार मानिसमा प्रयोग गरिसकेको जनाइएको छ । प्रयोग गरिएको खोपको नतिजालाई अगाामी महिनाभित्र स्पष्ट हुने जनाइएको छ । अन्य देशहरुमा समेत कोरोना निरुद्वको खोप निर्माण कार्य चलिरहेको छ । प्रभावकारी खोप निर्माण गर्न कम्तिमा १० वर्ष समय लाग्ने गर्दछ ।तर, हालै देखिएको भाइरसको संक्रमणले तीव्रता लिएपछि सम्पूर्ण देशहरु खोप निर्माणको कार्यमा लागिपरेको छ । बीबीसीबाट भावानुवाद



प्रतिक्रिया दिनुहोस्