Logo

बाबुरामको टिप्पणी : ओली सरकार कामको प्राथमिकीकरणमा नराम्ररी चुक्दैछ



काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देशको प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुक्न लागेको टिप्पणी गरेका छन् । सरकारले आज साँझ ४ बजे नीति तथा कार्यक्रम ल्याउँदैछ । त्यसको पूर्वसन्ध्यामा भट्टराईले सरकारको कामबारे यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“@kpsharmaoli सरकार प्रमुख समस्या पहिचान र कामको प्राथमिकीकरणमा नराम्ररी चुक्दैछ!६०लाखबढीश्रमिक विदेशमा कामगर्ने र भारतसंग खुलासीमा रहेको स्थितिमा कोरोना नियन्त्रण र आर्थिक पुनर्जीवननिम्ति प्रवासी श्रमिक र खुलासीमाबाट आवतजावत नै प्रमुख मुद्दा हो!यसलाई बुझ र काम गर!नत्र संकट टर्दैन!



प्रतिक्रिया दिनुहोस्