काठमाडौ, २ जेठ । लकडाउनका कारण नायिका प्रियंका कार्की पनि घरमा छिन् । उनी श्रीमान आयुष्मान देशराजसँग होम क्वारेन्टाइनमा बस्दै आएकी छिन् । अहिले गर्मी महिना शुरु भएको छ । गर्मी महिना मानिसहरुको लागि खास हुन्छ । यो महिनामा जो पनि स्विमिङमा रमाउन चाहन्छन् ।
गत वर्षका गर्मी महिनामा स्विमिङमा रमाएका तस्वीरहरु नायक नायिकाहरुले सार्वजनिक गर्थे तर यो वर्ष भने लकडाउनले घरबाट निस्कन पाएका छैनन् । स्विमिङमा रमाउन नपाए पनि त्यो क्षणलाई मिस गरिरहेका छन् । नायिका प्रियंका कार्कीले बन्दरगाहको किनारमा बसेको आकर्षक तस्वीर राख्दै कुन शहरको हो पत्ता लगाउन अनुरोध गरेकी छिन् ।