Logo

सेतो ड्रेसमा आकर्षक स्वेता



काठमाडौ, २ जेठ । उत्कृष्ट अभिनय र सौन्दर्यकी नायिका स्वेता खड्का मोडलिङबाट २०१० मा चलचित्र क्षेत्रमा पाइला टेकेकी हुन्् । ‘कहाँ भेटिएला’ फिल्मबाट आफ्नो फिल्मी करियर शुरु गरेकी स्वेता, उनको पहिलो फिल्म नै सर्वोत्कृष्ट चलचित्रको सुचीमा पर्न सफल भयो । अहिले उनी लकडाउनले फुर्सदमा छिन् ।

पति श्रीकृष्ण श्रेष्ठको निधन पछि सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छिन् । श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउने घोषणा पनि गरेकी स्वेताले आज इन्स्टाग्राममा आकर्षक गहना सहित सेतो रंगको कुर्ता लगाएको निकै सुन्दर तस्वीर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्