Logo

मोर्डन ईण्डियन स्कुलद्धारा कीर्तिपूर नगरपालिकालाई एक लाख सहयोग प्रदान



काठमाडौं, २ जेठ । काठमाडौँको चोभारस्थित् मोडर्न इण्डियन स्कुलले विश्वभर महामारीका रूपमा फैलिएको मानव जातिको उच्च चुनौतिका रूपमा रहेको कोरोना भाइरसलाई न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि कीर्तिपुर नगरपालिकालाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
स्कूलको आपतकालिन राहत कोषमार्फत एक लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाईएको छ ।

शुक्रबार विद्यालयका प्रतिनिधिले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई सहयोगका लागि चेक हस्तान्तरण गरेका हुन् । विगत लामो समयदेखि विशेषगरि कीर्तिपुर क्षेत्रमा स्कुलले सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ । यसलाई भविष्यमा पनि निरन्तरता दिइने कुरा विद्यालयका प्राचार्र्य कर्नेल (रिटायर्ड) राजु पिटरले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्