Logo

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो, सात बर्षीय बालक संक्रमित



काठमाडौं २ जेठ – नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज (शुरबार) नौ जनामा संक्रमण देखा परेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालक, ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३४ वर्षीय पुरुषहरु र काठमाडौं सतुंगलका ७ वर्षीय बालक छन् ।

मन्त्रालयले संक्रमितहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको जनाएको छ । देशमा पछिल्लो समय संक्रमित संख्या दिनहुँ बढ्ने क्रम देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्