Logo

पुष्पकमल दाहाल कि दहाल?



काठमाडौं, जेठ ३ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा शनिबार जारी संयुक्त वक्तव्यमा दाहालको अशुद्ध नाम सार्वजनिक गरिएको छ। शनिबार जारी तीन पेज लामो वक्तव्यको नाममै उक्त त्रुटि भेटिएको हो ।

पार्टी केन्द्रीय कार्यालयले इमेलबाट पठाएको वक्तव्यको पीडीएफ र वर्ड फाइल दुवैमा प्रचण्डको नाम दाहाल हुनुपर्नेमा ‘दहाल’ उल्लेख गरिएको छ।

जारी संयुक्त वक्तव्यमार्फत २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने अध्यक्षद्वयले प्रतिवद्धता समेत जनाएका छन् ।

अध्यक्ष्यद्वयको हस्ताक्षरसहित पठाइएको उक्त वक्तव्यमा भएको गल्ती सच्याउने काम यो समाचार तयार पार्दासम्म कतै भेटिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्