Logo

विदेशिएकाको तथ्याङ्क सङ्कलन गर्दै बेथानचोक



काठमाडौँ, ३ जेठ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पालिकाभित्रका कति नागरिक रोजगार र अन्य कार्यका लागि विदेशमा छन् भन्ने तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेकोले गाउँपालिकाभित्रका नागरिक कहाँ–कति कस्तो अवस्थामा छन् भन्ने तथ्याङ्क राख्न विवरण सङ्कलन अभियान शुरु गर्न लागिएको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताएका छन् । “बेथानचोक गाउँपालिका स्थायी ठेगाना भइ हाल भारतलगायत अन्य देशमा वैदेशिक रोजगारी तथा अन्य कारणले बसोबास गर्दै आएका व्यक्तिको तथ्याङ्क अद्यावधिक गरी राख्नुपर्ने भएकाले विवरण सङ्कलन अगाडि बढाएका हौँ”, प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताएका छन् ।

त्यसका लागि सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीलाई सम्पर्क गरी वडा कार्यालयमा उपलब्ध गराइ सहयोग गर्न उनले सबैलाई आग्रह गरेको छ । यसअघि विदेशबाट फर्केर घरमा आएकाहरुको विवरण सङ्कलन गरी उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आरडिटी परीक्षण सम्पन्न गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाका अनुसार करिब ४० नागरिक विदेशबाट फर्किएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्