Logo

११ को ‘पिसिआर नेगेटिभ’



प्युठान, जेठ ३ । ¥यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएका ११ जनाको स्वाब परीक्षण (पिसिआर) नेगेटिभ आएको छ । प्युठान नगरपालिकाका गुरीगाउँ, धगे र बुढादेवीको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसहितको स्वाब सङ्कलन गरिएको थियो ।

क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए । बिहीबार १७ जना र शुक्रबार ११ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।

जिल्लामा हालसम्म ९९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकामा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको आउन बाँकी छ । आठ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार स्वाब पठाइएको छ । त्यसैगरी आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १३ जना सबैको पिसिआर रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्