Logo

कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दै व्यास नगरपालिका



दमौली, ३ जेठ : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि कृषि र शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने निर्णय गरेको हो ।

योजना निर्माणका लागि सबै वडाहरुबाट आगामी जेठ २० गतेभित्र सम्बन्धित पक्षसँग छलफल गरी वडागत योजना नगरपालिकामा पेश गर्न निर्देशन दिइएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । “वडामा सम्बन्धित पक्षहरुसँग छलफल गरी शिक्षा र कृषिलाई प्राथमिकता दिने खालको योजना बनाउने तयारी थालिएको छ”, श्रेष्ठले भने ।

आर्थिक वर्ष २०७६÷७७ मा सम्झौता हुन बाँकी रहेका योजनाको यसै वर्ष सम्पन्न हुनसक्ने भएमा आगामी जेठ १५ गतेसम्म सम्झौता गरी कार्य अगाडि बढाउने निर्णय भएको छ । कोभिड–१९ का प्रभावले गर्दा चालू आर्थिक वर्षमा योजना सम्पन्न हुन नसके त्यस्ता योजनालाई आगामी वर्षको क्रमागत योजनामा स्थानान्तरण गरिनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्