Logo

को हुन् थपिएका ६ जना कोरोना भाइरसका संक्रमित (सुचीसहित)



काठमाडौं, ३ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २७३ पुगेको छ । आज विहान छ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितहरुमा ३-३ महिला र पुरुष छन् । उनीहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका हुन् ।

यसअघि हिजो १८ जना संक्रमित थपिएर कुल संक्रमित संख्या २६७ पुगेको थियो । दिनहुँ संक्रमित थपिएपछि त्रास बढेको छ ।

संक्रमित विवरण
१. बर्दिया, नार्खु ११ की २८ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
२. सिराहा सखुवा ९ का ३० वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
३. पर्सा वीरगञ्ज १२ का २८ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
४. पर्सा वीरगञ्ज १२ का २९ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
५. सर्लाही रामनगर ४ का १८ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
६. चितवन गढौली १ का २५ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्