Logo

पैदल पनि काठमाडौं छिर्न नपाइने (प्रशासनको निर्णयसहित)



काठमाडौं, ३ जेठ । कोरोना भाइरसको उच्च जोखिमका कारण काठमाडौंमा पैदल यात्रुलाई पनि प्रवेश निषेध गरिएको छ । आजबाट लागु हुने गरी पास विनाका सवारी साधन र पैदल यात्रुहरुलाई पनि काठमाडौं प्रवेश निषेध गरिएको हो ।

२ जेठमा बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकको निर्णय बमोजिम पास बिना कोही पनि बाटोमा हिंड्न समेत नपाउने गरी कडाई गरिएको छ । तर, निश्चित क्षेत्रका सवारी र मानिसहरु पास बिना हिंड्न र चल्न पाउनेछन् ।

एम्बुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामाग्रहरु, सबै प्रकारका औद्योगिक कच्चा पद्धार्थ र तयारी मालवस्तु, पेट्रोलियम पद्धार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशुपक्षीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामाग्रीहरु बोकेको सवारी साधनहरु सवारी पास विना परिवहन हुने उल्लेख छ ।

-Main Photo File: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्