Logo

कपिलवस्तुमा थपिए ३ कोरोना संक्रमित, कुल संख्या २७६



काठमाडौं, ३ जेठ । देशमा कोरोना भाइरसका तीनजना संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या २७६ पुगेको छ । थपिएका कोरोना संक्रमित तीनैजना कपिलवस्तुका हुन् । उनीहरु २५, ३४ र ४४ वर्षीय युवक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शिवराज नरगपालिका चन्द्रौटा निवासी तीनैजनाको स्वास्थ्य अवस्था सामान्य भएको मन्त्रालयले जनाएको छ । यसअघि आज विहान छ जना संक्रमित थपिएका थिए । योसँगै आज ९ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ६ महिला र ३ पुरुष छन् ।



प्रतिक्रिया दिनुहोस्