Logo

थपिएका ९ कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)



काठमाडौं, ३ जेठ । आज विहान कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । दुईपटक गरी स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जनाएको छ । योसँगै संक्रमित संख्या २७६ पुगेको छ ।

थपिएका कोरोना संक्रमित मध्ये कपिलवस्तुका तीनजना युवक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि संक्रमित थपिएका छन् । यसअघि हिजो १८ जना संक्रमित थपिएर कुल संक्रमित संख्या २६७ पुगेको थियो । दिनहुँ संक्रमित थपिएपछि त्रास बढेको छ ।

संक्रमित विवरण
१. बर्दिया, नार्खु ११ की २८ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
२. सिराहा सखुवा ९ का ३० वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
३. पर्सा वीरगञ्ज १२ का २८ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
४. पर्सा वीरगञ्ज १२ का २९ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
५. सर्लाही रामनगर ४ का १८ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
६. चितवन गढौली १ का २५ वर्षीया महिला, ३ जेठमा पत्ता लागेको
७. कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
८. कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका ३४ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको
९.कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका ४४ वर्षीय पुरुष, ३ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्