Logo

मोटा मानिसलाई कोरोना संक्रमणको सम्भावना बढी



३ जेठ : हालसम्म मोटा मानिसहरुलाई मुटु सम्बन्धि रोग, क्यान्सर र टाइप–२ मधुमेह जस्ता रोगहरु लाग्ने जोखिम अधिक हुने कुराहरुका बारेमा हामीलाई थाहा थियो। तर, एक अनुसन्धानका अनुसार, मोटा मानिसहरुलाई कोभिड–१९ को संक्रमणको खतरा पनि अधिक हुने कुराको बारेमा खुलासा भएको छ।

यद्यपी विशेषज्ञहरु अझैँ पनि यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

ब्रिटेनमा १७ हजार मानिसहरुमा गरिएको अनुसन्धान अनुसार, जो मानिसहरुमा मोटोपनको समस्या थियो र जसको बडी–मास इन्डेक्स ३० भन्दा माथि थियो, उनीहरुमा ३३ प्रतिशत मृत्युदर अधिक रहेको पाइएको थियो।

एउटा अर्काे अध्ययनमा त्यस्ता मानिसहरुमा मृत्युदर दुई गुणा पाइएको थियो। अनुसन्धानकर्ताहरुका अनुसार, यदि उनीहरुमा मुटुको रोग र मधुमेह जस्ता अन्य रोगहरु पनि शामिल गर्ने हो भने यो आँकडा अझैँ अधिक हुन जान्छ।

ब्रिटेनको आईसीयूमा भर्ना भएका मानिसहरुमाथि गरिएको अध्ययनबाट यो कुराको खुलासा भयो कि, त्यहाँ भर्ना भएका करिब ३४.५ प्रतिशत मानिसहरु ओभरवेट थिए र ३१.५ प्रतिशत मानिसहरु मोटा थिए। यसैगरी ७ प्रतिशत मानिसहरु मोटा र बिमार दुवै थिए, जबकि २६ प्रतिशत मानिसहरुको बीएमआई सामान्य थियो।

शरिरको तौल र उनीहरुको उचाईको अनुपातलाई बीएमआई भनिन्छ। बीएमआईबाट कुनै व्यक्ति ओभरवेट, मोटोपन र स्वस्थ भएको बारे पत्ता लगाउने गरिन्छ।

वर्ल्ड ओबेसिटी फेडरेशनका अनुसार, जो मानिसहरुलाई कोरोना भाइरसको संक्रमण भइरहेको छ, तीमध्ये बीएमआई २५ भन्दा बढी भएका मानिसहरुको प्रतिशत बढी रहेको छ। अमेरिका, इटाली र चीनमा भएको सुरुवाती अनुसन्धानबाट पनि यो कुरा थाहा पाइएको छ कि, अधिक बीएमआई एउटा महत्वपूर्ण कारक हो।

यसका अलावा अधिक उमेर भएका मानिसहरुमा पनि कोरोना संक्रमणबाट गम्भीर रुपमा बिमारी हुने जोखिम त हुने नै गर्दछ।

मोटो मानिसहरुलाई किन हुन्छ खतरा?

जति अधिक तौल भयो त्यति नै अधिक फ्याट तपाईको शरिरमा जम्मा हुनेछ र त्यति नै तपाई कम फिट हुनुहुनेछ। यसबाट तपाईको फोक्सोको क्षमतामा असर पर्दछ। यसबाट तपाईको रगतसम्म अक्सिजन पुग्न समस्या हुने गर्दछ र यसबाट रक्तप्रवाह र मुटुमा समस्या हुने गर्दछ।

यूनिभर्सिटी अफ ग्लासगोका प्रोफेसर भन्छन्, ‘अधिक तौल भएका मानिसहरुलाई अधिक अक्सिजनको आवश्यकता हुन्छ। यसबाट उनीहरुको प्रणालीमा अधिक प्रेसर पर्ने गर्दछ।’

यसैगरी, यूनिभर्सिटी अफ रिडिंगका डाक्टर ड्यान सेलाया भन्छन्, ‘अधिक तौल भएका मानिसहरुको शरिरका महत्वपूर्ण अंगहरुले अक्सिजनको कमीको सामना गर्नुपर्ने हुन्छ।’

यही कारण अधिक तौल भएका मानिसहरु अर्थात् मोटा मानिसहरुलाई आईसियूमा अक्सिजनको अधिक जरुरत हुन्छ र उनीहरुको मृगौलाको पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ।

के मोटापनको असर इम्यून सिस्टममा पनि पर्छ?

संक्रमणबाट हामी कति प्रभावित हुनेछौँ, यसको सबैभन्दा महत्वपूर्ण कारण हाम्रो इम्यून सिस्टममा भर पर्दछ। मोटा मानिसहरुमा यस्तो प्रतिरोधात्मक क्षमता खासै राम्रो हुदैन। जसका कारण उनीहरुमा भाइरसको संक्रमण सहज रुपमा हुने गर्दछ। मेरोलगानी File photo



प्रतिक्रिया दिनुहोस्