Logo

सुत्केरी भएको भोलिपल्टै डिस्चार्ज भई घर गएकी थिइन् कोरोना आशंकित मृतक महिला



काठमाडौं, ३ जेठ । कोरोना भाइरसको संक्रमण आशंकित मृतक महिला सिन्धुपाल्चोक घर भएको खुलेको छ । उनी २४ वैशाखमा नर्मल रुपमा बच्चा जन्माएर भोलिपल्टै शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको कोरोना भाइरसको संक्रमण हो होइन पुष्टि नभइसकेको बताए । उनले भने, हामीले टेष्टका लागि पठाएका छौं ।

२९ वर्षीया महिलामा ज्वरो र स्वास प्रश्वासको समस्या भएपछि स्थानीय अस्पतालमा नै उपचार गराएकी थिइन् । उपचारपछि पनि निको नभएपछि उनलाई आकस्मिक रुपमा धुलिखेल अस्पताल लगिएको थियो । डा. देवकोटाको अनुसार उनको बाटोमा नै मृत्यु भएको थियो । अस्पताल पुग्दा उनी मृत घोषित गरिएकी थिइन् ।

महिलाको मृत्युपछि उनलाई कोरोना भाइरसको संक्रमण भएको भनी हल्ला मच्चिएको छ । यसले सिन्धुपाल्चोक र धुलिखेललगायतका क्षेत्रमा समेत त्रास उत्पन्न भएको छ । डा. देवकोटोले आधिकारिक रिपोर्ट आएपछि मात्र तथ्य भन्न सकिने बताए ।-Symbolic Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्