Logo

कोरोना भाइरस आशंकित सुत्केरी महिलाको शिशु, आफन्त देखि उपचार गर्ने चिकित्सकसम्म निगरानीमा



काठमाडौं, ३ जेठ । कोरोना भाइरसको आशंकित २९ वर्षीय महिलाको मृत्यु भएपछि उनले ११ दिनअघि जन्म दिएको शिशु देखि आफन्तका अलावा परीक्षण गर्ने चिकित्सक समेत निगरानीमा राखिएको छ । महिलाको प्रारम्भिक रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । त्यस अघि नै उनको सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

शिशु र सम्पर्कमा आएका आफन्तको टेष्टका लागि स्वाब लगिएको छ । उनलाई धुलिखेल अस्पतालमा मृत घोषित गर्नु अघि परीक्षण गर्ने चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको बुझिएको छ ।

महिलाले २४ वैशाखमा त्रिवि शिक्षण अस्पलतामा नर्मल तरिकाले बच्चालाई जन्म दिएकी थिइन् । त्यहाँ उनको उपचारमा संलग्नहरुको पनि तथ्यांक संकलन गरिसकिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

२९ वर्षीया बाह्बिसेकी महिलाको गएराति निधन भएको थियो । उनलाई आकस्मिक रुपमा धुलिखेल अस्पतालमा लगिंदा बाटोमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्