Logo

सेनाका उच्च अधिकारी र प्रहरीमा पनि कोरोना संक्रमण



जनकपुर, जेठ ४ । प्रदेश २ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन् । थप संक्रमितमध्ये नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय महोत्तरीमा कार्यरत ५२ वर्षीय एक उच्च अधिकारी, सेनाकै चिकित्सा क्षेत्रका २६ वर्षीय लेफ्टिनेन्ट र बारामा कार्यरत एक प्रहरी जवान छन् ।

सेनाको स्वास्थ्य टोलीले बिहीबार साँझ मध्यपूर्वी पृतनामा कार्यरतको स्वाब संकलन गरेको थियो । सेनाकै टोलीले स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल लगेको थियो । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रदेश २ को मध्यपूर्वी पृतनामा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए पनि उनीहरूको दर्जा भने खुलाएका छैनन् ।

दुवै संक्रमितलाई उपचारका लागि सशस्त्र प्रहरीको काठमाडौंस्थित कोरोना अस्पतालमा शनिबार राति गाडीमै ल्याइएको छ ।

सेनाका ती अधिकारी वैशाख २७ गते बाराको जितपुरमा निर्माणाधीन एकीकरण स्मृति उद्यानको शिलान्यास कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्