झापा, जेठ ४ । नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक र सिमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीबिच मध्यरातमा तनाव उत्पन्न भएको छ । शनिबार राति दुई सयको संख्यामा आएका भारतीयले सुरक्षाकर्मीमाथी आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
शनिबार साँझ ८ बजेको समयमा नेपाल भारत सीमामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली माथि करिब आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेको जनाएको छ ।
कचनकवल १ घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीलाई भारतीय नागरिकले आक्रमण गरेका थिए । प्रहरीले हवाई फायर खोलेपछि भारतीयहरु भारततर्फ नै भागेका छन् । आक्रमणको विषयमा भारतीय एसएसबीसँग आज छलफलको हुने जनाइएको छ ।