Logo

लकडाउनमा कमरेड लामा गल्फमा मस्त



काठमाडौं, ४ जेठ । देशभर लकडाउन छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले कडा नीति लिएको छ । तर, सत्तारुढ दलका नेताहरुमध्ये धेरैलाई लकडाउन लागेको छैन । उनीहरु निस्फिक्र घुम्ने र डुल्ने गर्दै आएका छन् । कोही विलासी जीवनयापन गरिनै रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका कतिपय नेताहरुलाई लकडाउनले कुनै असर गरेको छैन । ती मध्ये एक हुन् अमित लामा । उनी नेकपानिकट युवा संघका नेता हुन् । लामा लकडाउनमा पनि गल्फ खेल्न गोकर्ण रिसोर्ट पुग्छन् । लकडाउनमा पनि गल्फ खेलेर मस्तीको जीवन बिताइरहेको तस्बिर रिपोर्टर्स नेपाललाई प्राप्त भएको छ ।

गल्फ विलासी खेल हो । यो विश्वभर प्रायः संभ्रान्तहरुले खेल्ने गर्छन् । गल्फ खेल निकै महङ्गो पर्छ । त्यसैले हत्तपत्त कसैले खेल्ने आँट पनि गर्दैन ।

पछिल्लो समय नेकपाका नेताहरु गल्फको लतमा पर्न थालेका छन् । उनीहरुको गोकर्ण गल्फ मैदान आजाउ बढ्न थालेको छ । त्यसमध्ये एक हुन् अमित लामा ।

कुनैबेला निकै सामान्य जीवनयापन गर्ने नेकपाका नयाँ पीढीका नेताहरु समेत विलासी जीवनयापन गर्न थालेका छन् । समयले निकै कोल्टे फेरेको र कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता निकै हाइफाइ जीवन बिताउन थालेको एक कम्युनिस्ट नेता बताउँछन् ।

कालो क्याप र पोशाकमा अमित लामा



प्रतिक्रिया दिनुहोस्