Logo

प्रोग्रेशिभ फाईनान्स २० लाख रुपैयाँ घाटामा



काठमाडौँ ४ जेठ : प्रोग्रेशिभ फाईनान्स (PROFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। फाईनान्सले यस अवधिसम्ममा २० लाख रुपैयाँ नोक्सनीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाईनान्सले दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। फाइनान्सको इम्पेरिमेन्ट चार्ज बढ्दा तथा खर्च व्यवस्थापन गर्न नसक्दा नोक्सानी व्यहोर्नु परेको हो।

चैत मसान्तसम्ममा फाइनान्सको ईम्पेरिमेन्ट चार्ज तीन करोड ५५ लाख रुपैयाँ रहेको छ भने कर्मचारी खर्च २ करोड ३५ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च दुई करोड १६ लाख रुपैयाँ गरेको देखिन्छ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाईनान्सले समीक्षा अवधिसम्ममा १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाईनान्सले ७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको सोही अवधिमा फाईनान्सले ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

साथै यस अवधिसम्ममा फाइनान्सको सञ्चालन मुनाफा दुई करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यो गत आवको सोही अवधिसम्ममा फाईनान्सको सञ्चालन मुनाफा ३ करोड ४६ लाख रुपैयाँ धनात्मक रहेको थियो।

गत चैत मसान्तसम्ममा ३.३९ प्रतिशत रहेको फाईनान्सको निष्कृय कर्जा अनुपात घटेर २.९८ प्रतिशतमा झरेको छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्