Logo

को हुन् कोभिड-१९ बाट मृत्यु भएका दोस्रो व्यक्ति



काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बाँकेको क्वारेन्टाइनमा राखिएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा आज विहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसपछि कोभिड १९ टेष्टका लागि नमुना संकलन गरिएको थियो । आज साँझ उनको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

युवक बाँके घर भएका २५ वर्षीय पुरुष हुन् । उनी ३० वैशाखमा भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएका थिए । योसँगै नेपालमा कोरोना भाइरसको मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

२ वैशाखमा निधन भएकी सुत्केरीको ३ वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी सिन्धुपाल्चोक राम्चेकी थिइन् । यसअघि उनको टोखा नगरपालिकामा तरकारी पसल रहेको समेत खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्