Logo

सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क पौने दुई अर्ब माथि



काठमाडौँ ४ जेठ : सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.२४ प्रतिशत अर्थात २७ करोड ३१ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले एक अर्ब ४९ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ९६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा १३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ४७ करोड ८९ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६० करोड २ लाख ५६ हजार रुपैयाँ, जीवन बीमा कोषमा ६ अर्ब ६४ करोड ३ लाख र महाविपत्ति कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ लाख २३ हजार ६१ बीमालेख जारी गरी १ अर्ब ८० करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले ७८४ दाबी बापत २९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५३५ दाबी बापत ४ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात ३२.६४ गुणा छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्