Logo

जीवनलाई नयाँ रंग दिदै रेखा थापा



काठमाडौ, जेठ ४ । लामो वैवाहिक जीवनलाई तिलाञ्जली दिएकी नायिका रेखा थापाले जीवनको आवरणबाट केही रंग उड्दैमा जिन्दगी फिक्का नहुने बताएकी छिन् । चलचित्र निर्माता छविराज ओझासँग केही वर्षअघि सम्बन्ध विच्छेद गरेर हाल एक्लो जीवन बिताइरहेकी रेखालाई हिम्मतवाली नायिका पनि भनिन्छ । पछिल्लो समयमा चलचित्रको साथै राजनितिमा लागेकी उनी सामाजिक सञ्जालमा आफ्नो कडा अभिव्यक्ति दिदै आएकी छिन् ।

उनले आज सुन्दर तस्वीरसहित इन्स्टाग्राममा लेखेकी छिन्, अनैकौ रंगले सिञ्चीत जीवनको आवरणबाट केही रंग उड्दैमा जिन्दगी फिक्का हुँदैन । तर यहाँ यस्तो पनि चलन छ, हरेक रंगलाई एउटै देख्ने अनि जिन्दगी फिक्का सम्झिने ।



प्रतिक्रिया दिनुहोस्