जेठ ४, काठमाण्डौ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो ।
यसअघि थपिएको लकडाउनको अवधि सोमबारदेखि समाप्त हुँदैछ । आइतबारै बसेको कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले अहिलेसम्मको लकडाउनले कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको भन्दै यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।