Logo

गान्धीले पहिचान गरेका सात सामाजिक पाप



सन् ५९० मा पोप ग्रेगरी प्रथमद्वारा सात खतरनाक पापहरुको वर्णन गरिएको थियो । जसमा वासना, घिचुवा, लोभ, अल्छी, क्रोध, ईष्र्या र गर्व थिए ।

यी सात सामाजिक पापहरुले समाजलाई भगवानप्रतिको लगावलाई निकै कम गर्छ । यस प्रकारको सुचीले पोप ग्रेगरी प्रथमको शब्द विस्तारै अनुचित हुँदै गयो । धार्मिक हिसाबले यसले समाजलाई क्रोध प्रतिको भावनालाई जगाउने काम मात्र भएको कारण उक्त सुचीहरु महत्वहीन भएको थियो । महात्मा गान्धीले २२ अक्टोबर १९२५ मा आफ्नै साप्ताहिक पेपर योंग इंडियामा सार्वजनिक गरेको ७ सामाजिक पापहरुको सुची वर्णन गरेका थिए ।

१. सिद्धान्त रहित राजनीति
२. परिश्रम रहित धनोपार्जन
३. विवेक रहित सुख
४. चरित्र सुन्य ज्ञान
५. सदाचाररहित व्यापार
६. संवेदनारहित बिज्ञान
७. वैराग्य विहिन उपासना

गान्धीले पहिले उक्त उपदेश केवल आफ्नो प्रीय साथीहरु माझ सार्वजनिक गरेको थिए । पछि उनले यसको प्रकाशन गरेका थिए । यसलाई व्यक्तिगत हिसाबले भन्दा पनि मुटुले पढ्ने इच्छा उनका साथी हरुले जाहिर गरेका थिए ।

पोप ग्रेगोरी द्वारा लिखित ती शब्दहरु भन्दा महात्मा गान्धीका शब्दले प्रत्येक व्यक्तिगत हिसाबले असर पारेको थियो । जसरी गान्धीजी आफै अहिंसा र परनिर्भरताका उपदेशमा सक्षम थिए । यसरी नै उनको सामाजिक पापहरु निकै मननयोग्य थिए ।

यस्तै गरी परिश्रम रहित धनोपार्जनले संयुक राज्यको च्याम्बर नै हल्लिएको थियो । “नैतिकता विनाको वाणिज्य“ त्यहाँका प्रत्येक एकल तेल कम्पनीहरु जस्तै थिए । “चरित्र विना ज्ञान“ ले केबल समाचारमा ह्याकहरूको वर्णन गर्दछ । “सिद्धान्त बिना राजनीति“ ले त्यसबेला को घटनाक्रमको आधा वर्णन गर्दछ ।

१९४७ मा गान्धीको एकजना नातिले उक्त लेखिएको कागज फेला पार्दा हिंसा उत्पन्न गर्ने समाजको पापहरु वर्णन गरिएको थियो । उक्त कागज लिएर उनका नाति दक्षिण अफ्रिका पुगेका थिए । त्यसकै तीन महिना पछि गान्धीलाई हिन्दु कट्टरपन्थीले गोलि हानी हत्या गरेका थिए । Photo Source: biography.com



प्रतिक्रिया दिनुहोस्