Logo

को हुन थपिएका ३ संक्रमित (विवरणसहित)



काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसका ३ नयाँ सक्रमितमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरु तीनै जना प्रदेश १ का हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये एकजना धनकुटाकी हुन् र बाँकी दुईजना विराटनगरका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको जनाइएको छ ।

संक्रमितको विवरण
१. धनकुटाकी ३४ वर्षीया महिला । ४ जेठमा पत्ता लागेको
२. विराटनगरकी २९ वर्षीया महिला । ४ जेठमा पत्ता लागेको
३. विराटनगरका ३६ वर्षीय पुरुष । ४ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्