Logo

धादिङमा उच्च गतिको इन्टरनेट



काठमाडौँ, ५ जेठ । नेपाल टेलिकम धादिङले उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । यो सेवा जिल्ला सदरमुकाम धादिङबेँसी र आसपासको क्षेत्रमा सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम धादिङका प्रमुख श्याम भण्डारीले फाइबर टु होम फिफ्थ प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवा सुरु गरिएको जानकारी दिएका छन् । टेलिकम प्रमुख भण्डारीले अहिले तीन हजार ५८४ लाइन वितरण गर्न लागिएको र आवश्यकता महसुस भए अझै त्यसमा वृद्धि गर्न सकिने बताएका छन् ।

टेलिकमले जिल्ला सदरमुकाममा मात्र सीमित टेलिफोनलाई ग्रामीण क्षेत्रमा विस्तार गरेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको तल्लोबेँसीमा ल्यान्डलाइन टेलिफोन वितरण गरिएको प्रमुख भण्डारीको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्