Logo

एक साता भित्र १ सय ८३ थपिए



काठमाडौं, जेठ ५ । नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ ।

९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय ११ मा संक्रमण देखिएको थियो ।यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमित संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको हो ।

गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र हिजो आइतबार थप १३ जनामा संक्रमण देखिएको छ । परीक्षण दायरा फराकिलो भएसँगै संक्रमितको संख्या बढेको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्