Logo

गण्डकी प्रदेशः बजेटमा शिक्षा, स्वास्थ्य र कृषि प्राथामिकतामा



काठमाडौँ, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०७७/७७ मा शिक्षा स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याउने तयारी भएको जानकारी दिएका छन् ।

प्रदेश, अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयबीच आर्थिक वर्ष २०७७÷७८को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाबारे विषयको छलफलमा मुख्यमन्त्री गुरुङले वर्तमान अवस्थाले शिक्षा, स्वास्थ्य र कृषिमा पर्याप्त लगानी गर्नुपर्ने सन्देश दिएकाले सोहीअनुसार बजेट तथा कार्यक्रम तर्जुमा गरिने बताएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अहिले आउने बजेट स्वाभाविक बजेट नभएको जनाउँदै स्वास्थ्य क्षेत्रमा पहिलेभन्दा दुईगुणा बढी बजेट आउने बताएका छन् । कृषिको बजेट पनि बढेर आउने जनाउँदै मन्त्री गुरुङले क्रमागत योजनालाई भने निरन्तरता दिइने बताएका छन् । कोभिड– १९ का कारण आर्थिक क्षेत्रमा ठूलो नोक्सानी भएकाले अब सुरक्षित रहँदै उत्पादन र विकास निर्माणका काममा लाग्नुपर्ने उनको भनाइ थियो । अनुदानलाई राहतको प्याकेजमा लैजाने पनि गुरुङले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्