Logo

अटेरी घरपतिलाई कारबाही हुने



काठमाडौं, जेठ ६ । गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुर्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुर्व्यवहारगर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्