काठमाडौ, ५ जेठ । नेपाली चलचित्र जगतको सफल नाम हो नायिका रेखा थापा । रेखाले पछिल्लो पटक भारतले नेपाललाई हरेक क्षेत्रमा गरेको हस्तक्षेपको विरोध गर्दै आएकी छिन् । नेपालको जमिन अतिक्रमण गरेर सार्वभौमिकता माथी धावा बोल्ने देखि सिरीयल र फिल्ममा पनि नेपालीको मानमर्दन हुने गरी प्रस्तुत भएकोमा उनले घोर आपत्ती जनाएकी हुन् ।
बलिउड नायिका अनुष्का शर्माले निमार्ण गरेको ‘पाताल लोक’ सिरीयलमा नेपाली महिलाहरुलाई निकै तल्लो स्तरको शब्द प्रयोग भएकोमा आपत्ती जनाउदै लेखेकी छिन्,
एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ । त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । यसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर–घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।
तस्वीर– रेखा थापा फेसबुक