Logo

जेठ १२ वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन डाकिने



हेटौँडा, ५ जेठ : वाग्मती प्रदेशको प्रदेशसभाको छैटौँ बैठक (वर्षे अधिवेशन) जेठ १२ गतेका लागि डाकिने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बसेको बैठकले चर्चित हेटौँडा काठमाडौँ मदन भण्डारी मार्गअन्तर्गतको पोस्ट बहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रुपमा समावेश गरी सङ्घीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यसअघि प्रदेशसभा बोलाउने सम्बन्धमा मुख्यमन्त्री पौडेलले प्रदेससभा भवनको निरीक्षण गर्नुभएको थियो । पौडेलले सुरक्षित तबरले बैठक सञ्चालन गर्न उपयुक्ततासम्बन्धी जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गर्नुभएको र भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठसँग कुराकानी भएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्