Logo

कोसी अस्पतालबाट आज फेरी एक जना डिस्चार्ज



मोरङ, जेठ ६ । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराई रहेका थप एकजना डिस्चार्ज भएका छन् ।

मंगलबार झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना सक्रमण मुक्त भएर घर फर्किएको अस्पताल स्रोतले जनाएको छ । उनलाई २५ दिन पहिले गरिएको पिसिआर परिक्षणमा कोरोना सक्रमण देखिएको थियो ।

पछिल्लोपटक गरिएका रिपोर्टमा उनी कोरोना संक्रमण मुक्त पाईएपछि डिस्चार्ज गरिएका हुन् । हाल उक्त अस्पतालमा २२ जना संक्रमित रहेको र १८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्