Logo

ठुलो संख्यामा कोडिभ-१९ का संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने



काठमाडौं, ६ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या फेरि बढेको छ । आज ठुलो संख्यामा संक्रमित बढेको बुझिएको छ । अधिकांश संक्रमित तराईका जिल्लाहरुमा बढेका हुन् ।

स्वास्थ्य मन्त्रालयले अहिले केही समयपछि वृद्धि भएको संक्रमित संख्याबारे जानकारी दिनेछ । आज बढेको संख्या समेत जोड्दा देशमा कोभिड-१९ भएकाहरुको संख्या ४ सय नाघ्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

यसअघि हिजो एकै दिन ८० संक्रमित बढ्दा ३७५ पुगेको छ । दुईजनाको मृत्यु भइसकेको छ । एकजना संक्रमितको अवस्था गम्भीर छ ।



प्रतिक्रिया दिनुहोस्