काठमाडौं, ६ जेठ । ललितपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज स्वास्थ्य मन्त्रालयले ललितपुरमा पहिलोपटक संक्रमित भेटिएको जानकारी दिएको हो ।
आज थपिएका २७ जना कोरोना भाइरसका संक्रमितमध्ये उपत्यकाका ५ जना छन् । जसमध्ये काठमाडौंका ३, ललितपुर र भक्तपुरका एक एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
यसअघि काठमाडौं र भक्तपुरमा मात्र संक्रमित भेटिएका थिए । आज ललितपुरमा संक्रमित भेटिएपछि काठमाडौं उपत्यकामा जोखिम बढेको छ ।