Logo

नाटोजद्वारा पत्रकारहरुलाई माक्स र सेनिटाईजर वितरण



काठमाडौं, ६ जेष्ठ  । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले  पत्रकारहरूलाई माक्स र सेनिटाईजर वितरण गरेको छ । कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकार साथीहरूको सुरक्षा र सहजताका लागि आज संघका केन्द्रीय अध्यक्ष शिव अधिकारी (अविरल) ले वितरण गरेका हुन् ।

सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो, पर्यटन तथा टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई गरिएको थियो ।  ३५ जना पत्रकारहरुलाई माक्स र सेनिटाईजर वितरण गर्दै संघका अध्यक्ष अधिकारीले  आगामी दिनहरुमा अप्ठेरो परेका पत्रकार साथिहरुको फेरी पनि यो भन्दा बढी साथीहरुलाई माक्स र सेनिटाईजर उपलब्ध गराउने जानकारी दिए ।

उनले भने– नाटोजले यो छोटो समयको सानो प्रयास भएपनि आगामी दिनहरुमा पत्रकारहरुलाई परेको अप्ठ्यारो प्रति गम्भिर छ, माक्स र सेनिटाईजरलगायत राहत पनि उपलब्ध गराउँछौं । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्