Logo

शुल्क तिर्नुहोस् कोभिड १९ टेष्ट गर्नुहोस्



काठमाडौं, ६ जेठ । के तपाईंलाई कोभड-१९ को आशंका छ ? छ भने जुनसुकै बेला निजी अस्पतालमा पनि कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्न पाउनुहुनेछ ।

सरकारले स्वेच्छिक परीक्षणको व्यवस्था गरेको हो । यसका लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले मात्र गर्दै आएको उक्त परिक्षणको दायरा फराकिलो बनाएर निजी अस्पतालमा पनि शुल्क तिरेर गर्न सकिने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयकां प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

अहिलेसम्म शंका लागेका समेतले पनि कोरोना परीक्षण गर्न कोरोना उपचारका लागि तोकेको अस्पताल नै पुग्नु पर्थ्यो । यसो हुँदा एक त अस्पतालमा भीड हुने र अर्कातिर संक्रमण नभएकालाइ पनि संक्रमणको जोखिम हुन्थ्यो ।

तर, स्वेच्छिक परीक्षणका लागि कति शुल्क लाग्ने भन्ने चाहिं तोकिएको छैन । नीयितगत निर्णय भएपनि निर्देशिका बनाउन बाँकी रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्