Logo

कोरोना संक्रमितको बसोबास स्थान र स्थायी ठेगाना दुवै खुलाउनुपर्ने (विज्ञप्तिसहित)



काठमाडौं, ६ जेठ । अब कोरोना भाइरसको संक्रमितबारे जानकारी दिंदा बसोबास गर्दै आएको स्थान र स्थायी ठेगाना दुवै खुलाउनुपर्ने भएको छ । राष्ट्रिय सुचना आयोगले आज एक आदेश जारी गरेपछि ठेगाना खुलाउनुपर्ने भएको हो ।

कोरोनाबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगादा र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै सर्वसाधारणमा भ्रम तथा अन्यौल भएको भन्दै यस्तो आदेश जारी गरिएको जनाइएको छ । आयोगले यसबाट अन्यौल हट्ने विश्वास समेत लिएको छ ।

यसअघि सिन्धुपाल्चोक घर भएकी सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनी स्थायी र अस्थायी बसोबास गरेको स्थान खुलेपछि अन्यौल सृजना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्