Logo

नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित



काठमाडौँ, ७ जेठ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे । नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले पनि प्रस्ताव फिर्ता नलिएपछि बुहमतबाट अस्वीकृत भएको थियो । कांग्रेसका तर्फबाट रिजालले संशोधन दर्ता गरेका थिए । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्